बंगलादेश यू–१५ च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशले टाइब्रेकरमा पाकिस्तानलाई हराएर शनिबार एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ  ।

बंगलादेश यू–१५ च्याम्पियन

फाइनल निर्धारित समय १–१ मा टुंगिएपछि टाइब्रेकरमा ३–२ को सफलता हासिल गर्दै बंगलादेश साफ यू–१५ मा दोस्रोपल्ट च्याम्पियन भएको हो । बंगाली बैकल्पिक गोलरक्षक मेहदी हसनले तीन पेनाल्टी बचाएका थिए । यसअघि सन् २०१५ मा घरेलु मैदानमा भएको च्याम्पियनसिप जितेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई १–० ले हरायो । त्यसमा थालाचेउले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेपाली टिमलाई सेमिफाइनलमा पाकिस्तानले ४–० ले पराजित गरेको थियो ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?