२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पीपीएल : धनगढीको पहिलो विजय, विराटनगर फेरि पराजित 

पोखरा — एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा पहिलो विजय हात पारेको छ । आइतबार विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरी धनगढीले विजयको खाता खोलेको हो ।

पीपीएल : धनगढीको पहिलो विजय, विराटनगर फेरि पराजित 

इंग्लिस खेलाडी डेभिड ट्रेगोले ५३ र सौरभ खनालले १३ बलमा ४१ रन बनाएपछि टस हारेर ब्याटिङ गर्न आएको धनगढीले पोखरा रंगशालाको क्रिकेट मैदानमा निर्धारित २० ओभर खेली १ सय ८२ रनमा अलआउट भयो । जबाफमा आएको विराटनगर १६.४ ओभरमा १ सय ४ रनमा अलआउट भयो ।


धनगढीका इंग्लिस खेलाडी डानियल लवरेन्सले ३ विकेट लिए । उनले ४ ओभरमा १७ रनमात्र खर्चे । कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ट्रेगो, कमलसिंह ऐरी र रोबिन क्षेत्रीले १,१ विकेट लिए । विराटनगरबाट ओपनर सुनिध धमलाले सर्वाधिक २१ रन बनाए ।


त्यस्तै मोहम्मद जायेद १९, एन्ड्रयु सुबिक्क्षम १८, कप्तान सन्दीप लामिछाने १० रन बनाई आउट भए । यसअघि ट्रेगोले ३८ बल खेली २ चौका र १ छक्का प्रहार गरेका थिए । इनिङ्सको अन्तिम बलमा आउट भएका सौरभले २ चौका र ५ छक्का प्रहार गरे ।


सन्दीप सुनार ९, लरेन्स २, दिलीप नाथ ८, दीपेन्द्र २९, सन्दीप जोरा १२, मन्जित श्रेष्ठ १, रोबिन १० र योगेन्द्रसिंह कार्की ६ रन बनाई आउट भए । विराटनगरबाट जितेन्द्र मुखियाले ४ विकेट लिए । तर उनले त्यसका लागि ४ ओभरमा २९ रन खर्चे । सन्दीप, सुनिल धमला, किशोर महतो र जायदले १,१ विकेट लिए ।


तस्बिर : अंगद ढकाल

प्रकाशित : कार्तिक ११, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?