कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पीपीएल : काठमाडौं रोयल्स १७ रनले विजयी

पाेखरा — गौरव तोमारको सानदार ब्याटिङमा हुलास काठमाडौं रोयल्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुआत गरेको छ । काठमाडौंले शनिबारको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गर्यो । 

पीपीएल : काठमाडौं रोयल्स १७ रनले विजयी

१ सय ८१ रनको लक्ष्य लिएर आएको धनगढीले ८ विकेट गुमाई १ सय ६३ रनमात्र बनाउन सक्यो । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन् । ४२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।


त्यस्तै सन्दीप जोराले २७, डेविड ट्रेगोले १९ र सौरभ खनालले १७ रन बनाए । काठमाडौंका सुशन भारी, अमरसिंह राउटेला, वसन्त रेग्मीले २,२ तथा तोमारले १ विकेट लिए । पोखरा रंगशालाको क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटङ रोजेको काठमाडौंबाट भारतीय खेलाडी तोमारले ४४ बलमा ९५ रन बनाएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ८० रन बनाएको थियो ।


उनले ४ चौका र १० छक्का प्रहार गरे । उनले नरेश बुढाएरस“ग चौथो विकेटमा ९६ रन जोडेका थिए । नरेश २४ बलमा २ चौका र २ छक्का प्रहार गरी अविजित ३६ रन बनाए । अर्का अविजित ब्याट्सम्यान अमरसिंह राउटेलाको खातामा २ रन थियो ।


ओपनरद्वय अमित श्रेष्ठ १२ र जयकिशन कोल्शावाला २५ रनमा आउट भए । धनगढीका पिटर डेविड ट्रेगो, सौरभ ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १,१ विकेट लिए ।


तस्बिर : अंगद ढकाल

प्रकाशित : कार्तिक १०, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?