कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पीपीएल : साेमपाल चम्किएपछि बुटवल ७० रनले विजयी

पाेखरा — सोमपाल कामीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई ७० रनले स्तब्ध पारेको छ ।

पीपीएल : साेमपाल चम्किएपछि बुटवल ७० रनले विजयी


सोमपालको उत्कृष्ट बलिङ पछि १ सय ३६ रनको लक्ष्य लिएर आएको चितवनलाई बुटवलले १६.५ ओभरमा ६५ रनमै अलआउट गर्यो । यसअघि टस हारेर ब्याटिङ गरेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३५ रन बनाएको थियो ।

सोमपालले इनिङ्सको चौथो बलमै अनिल शाहलाई शुन्यमा आउट गरी चितवनको पतनको सुरुआत गरेका थिए । सोमपालले त्यसपछि कप्तान पारस खड्कालाई १०, सन्नी पटेललाई २ र आरिफ शेखलाई शुन्यमा आउट गरे ।

पटेललाई बोल्ड गरेका सोमपालले अर्को बलमा आरिफलाई गोल्डेन डकमा पेभेलियन पठाए । ओपनरमा पठाइएका सोनु तामाङले खाता खोल्न बिर्सेका थिए । हरिशंकर शाह १, शक्ति गौचन ९ र करण केसी ७ रनमा आउट भए ।

सोमपालले ४ ओभरमा १३ रन खर्चे । ललितसिंह भण्डारीले २ तथा रोहन मुस्ताफा, विपिन खत्री र अविनाश बोहराले १,१ विकेट लिए ।

यसअघि शंकर रानाको ४८ र सागर पुनको ४७ रनमा टस हारेपछि ब्याटिङ गर्न आएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रन बनायो ।

करणले पहिलो ओभरमै बुटवलका दुई विदेशी खेलाडी युएईका चिराग सुरी र मुस्ताफालाई आउट गरेपछि दबाबमा आएको बुटवललाई ओपनर सागर पुनले सुरुमा उकासेका थिए ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सागरले ४८ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । भिम सार्की पनि २ रनमा आउट भएपछि सागरले शंकरसंग चौथो विकेटमा ६८ रनको साझेदारी गरेका थिए ।

शंकरले ४१ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । सिद्धान्त लोहनी १५ बलमा १७ रन बनाई नटआउट रहे । स्थानीय खेलाडी करणले ४ ओभरमा २२ रन खर्चेर २ तथा रामनरेश गिरी र शक्ति गौचनले १,१ विकेट लिए ।


प्रकाशित : कार्तिक १०, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?