कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिफासँग टक्कर लिंँदै यूईएफए

अबको क्लब विश्वकप २४ टिमको हुनेछ । यसमा सहभागी हुने आधा टिम त युरोपकै हुनेछन् । अर्को प्रतियोगिता भनेको राष्ट्रिय टिमहरूको विश्व लिग हो ।
न्यूयोर्क टाइम्स

लन्डन — फिफा अध्यक्ष जियानी इन्फान्टिनोले दुई नयाँ प्रतियोगिताको योजना बुनेका छन्  । यसले अहिलेको विश्व फुटबल जस्तो छ, त्यसमा ठूलै परिवर्तन ल्याउने छ  ।

फिफासँग टक्कर लिंँदै यूईएफए

यसै साता विश्व फुटबलका शीर्ष नेताहरूको भेटा हुँदा यो प्रमुख एजेन्डा हुनेछ । तर फिफाकै सबैभन्दा शक्तिशाली समूह भने यसलाई लिएर पटक्कै खुसी छैन र भनिरहेको छ, यो लागू भएमा विरोधमा हामी बाहिर रहने छौं । क्लब विश्वकपलाई बलियो बनाउन यसमा २५ विलियन डलर लगानी हुँदै छ ।


यस्तै राष्ट्रिय टिमको नयाँ प्रतियोगिता पनि प्रस्तावमा छ । तर युरोपेली फुटबलको सर्वोच्च संस्थान यूईएफएलाई भने यसमा चित्त बुझिरहेको छैन । जापानी सोफ्ट बैंकले यसमा लगानी गर्नेछ र यसले नै अबको विश्व फुटबल पनि हेर्नेछ । अबको क्लब विश्वकप २४ टिमको हुनेछ । यसमा सहभागी हुने आधा टिम त युरोपकै हुनेछन् । अर्को प्रतियोगिता भनेको राष्ट्रिय टिमहरूको विश्व लिग हो । यो युरोपको नयाँ नेसनल लिगको विस्तृत रूप हो ।


प्रत्येक विश्वकपको बीचमा यो फरक शैलीमा खेलिनेछ । इन्फान्टिनोले यो प्रस्ताव केही समयअघि नै ल्याएका थिए । तर यसलाई केही समय रोकियो । अब भने फिफाको रवान्डामा हुने बैठकमा यसलाई एजेन्डाका रूपमा अगाडि सारिनेछ । त्यस बैठकमा सबैभन्दा पहिला विभिन्न राष्ट्रिय संघबारे छलफल हुनेछ । त्यसपछि इन्फान्टिनोको योजनालाई अगाडि बढाइने छ । तय छ इन्फान्टिनोले आफ्नो योजना लागू गर्न पूरा प्रयास गर्नेछन् ।


यता यूईएफए कतिसम्म रिसाएको छ भने उसका शीर्ष नेताले बैठक नै बहिष्कार गर्नेसम्मको मनसाय बनाएका छन् । युरोपेली फुटबल पदाधिकारी खुलेर मिडियासँग बोल्न चाहिरहेका छैनन् । तर तिनको आक्रोश बुझ्न सकिन्छ । खासमा युरोपको चिन्ता भनेको नयाँ प्रतियोगिता आएपछि त्यसले उनीहरूको युरोपेली च्याम्पियन्स लिगमा कस्तो प्रभाव पर्ला भन्ने नै हो । विश्व फुटबलमै यो सबैभन्दा पनि कमाउ प्रतियोगिता हो, यसमा कुनै शंका छैन ।


तर नयाँ क्लब विश्वकप र राष्ट्रिय टिमको प्रतियोगिताले पनि उत्तिकै दर्शकको चासो बढ्ने तय छ । यसप्रति उत्तिकै प्रसारण संस्था र प्रायोजक पनि लोभिने छन् । तर यसको सीधा असर च्याम्पियन्स लिगमा पर्नसक्छ । यी प्रतियोगितामा लगानी गर्ने भनेको एसिया र अमेरिकाबाट हो । विशेषत: खाडीबाट यूएई र साउदी अरेबियाले पनि त्यसमा लगानी गर्नेछन् । यसमा मोहम्मद बिन सलमानको पनि उत्तिकै रुचि छ ।


‘अहिलेसम्म बैठक नै बसेको छैन, केहीले त्यसमा के हुनेछ भनेर निचोड झिकिसकेका छन्,’ फिफा प्रवक्ताले भनेका छन्, ‘बैठकका धेरै एजेन्डा छन् । यसबारे विस्तृतमा छलफल हुनेछ ।’ यो प्रस्ताव पहिलोपल्ट पछिल्लो मार्चमा अगाडि सारिएको थियो, कोलम्बोमा भएको बैठकका बेला । त्यति बेला यूईएफएले आफूसँग छलफल नै नगरेर कुरा अगाडि बढाएको आपत्ति जनाएका थिए । त्यसयता धेरै चरणमा कुराकानी भएका छन्, तर ठोस प्रगति हुन सकेको छैन ।


युरोपेली क्लब संघसँग २ सय ७० टिम आबद्ध छन् । उनीहरूको फिफाको नयाँ कार्यक्रममा आपत्ति छ । अर्को वर्ष फिफाको चुनाव हुँदै । त्यसैले इन्फान्टिनोलाई पनि केही गरेर देखाउने दबाब छ । उनको फिफाका २ सय ११ सदस्य देशलाई यसअघि नै वचन दिइसकेका छन्, उनीहरूलाई दिने रकममा अझ वृद्धि गर्ने । त्यसका लागि पनि इन्फान्टिनोले यी दुई नयाँ कार्यक्रम ल्याएका हुन् र उनलाई विश्वास छ, यसले फिफासँग खर्च गर्ने रकम अझ बढी हुनेछ ।

– तारिक पान्जा

प्रकाशित : कार्तिक ७, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?