कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन टाइगर्स र पुलिस विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वाधिक पुरस्कार राशिको आदिअवादी महिला भलिबल (एभीएल) मा पहिलो दिन चितवन टाइगर्स र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

चितवन टाइगर्स र पुलिस विजयी

विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार जित्ने प्रतियोगिताको उद्घाटन खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । चितवन २५–२१, २५–१३, २५–२२ ले सेट जित्न सफल भयो ।

चितवनले पश्चिमाञ्चलकी मन्जु गुरुङको कप्तानीमा पश्चिमाञ्चकै अरुणा शाही, तीन अमेरिकन खेलाडी कोर्टमा उतारेको थियो । आर्मीबाट भने न्यु डायमन्डबाट खेल्दै आएकी सेटर कृपा अधिकारी नयाँ खेलाडीका रुपमा कोर्टमा उत्रिइन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुलिसले पोखरा पिंकेजलाई २५–१३, २५–१४, २५–११ को सोझो सेटमा पराजित गर्‍यो । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा असोज १७ सम्म लिगकम नकआउटका आधारमा चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर र ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?