पोखरा प्रिमियर लिग अक्सन [लाइभ अपडेट]

सुबास हुमागाईं, विनोद पाण्डे

काठमाडौँ — कार्तिक दोस्रो सातादेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा १ सय ९७ खेलाडी सहभागी छन् । सहभागी ६ टोलीले अक्सनमा तीन श्रेणीका खेलाडीहरु अनुबन्धन गर्ने छन् ।

आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन्। हरेक टोलीले न्यूनतम १५ र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। सबै टिमले आ–आफ्ना मार्की खेलाडी घोषणा गरिसकेका छन्। हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ।

विराटनगर टाईटन्सका मार्की खेलाडी सन्दीप लामिछाने छन् भने चितवन राईनोजका मार्की खेलाडी पारस खड्का हुन्। पोखरा पल्टनले मार्की खेलाडीमा शरद भेषवाकरलाई चुनेको छ। बुटवल ब्लास्टरका मार्की खेलाडी सोमपाल कामी छन्। हुलास काठमाडौं रोयल्सले मार्की खेलाडी ज्ञानेन्द्र मल्ललाई लिँदा एक्स्पर्ट धनगढी ब्लुजले दिपेन्द्रसिंह एेरी मार्की खेलाडी बनाएको छ।





प्रकाशित : आश्विन १४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

सुबास हुमागाईं, विनोद पाण्डे

काठमाडौँ — एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

फाइल फोटोः रमन सिवाकोटोको फेसबुकबाट साभार ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए ।

यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो।

आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो। मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो। खेल ३०-३० ओभरमा छोट्याइएको थियो।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो । जितसँगै नेपालले छनौट खेलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्