सन्दीप एनसेलको हम्बल हिरो

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्दीप लामिछानेलाई एनसेलले शुक्रबार आफ्नो ‘स्टार हम्बल हिरो’ मा नियुक्त गरेको छ । एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैं सँगै’ प्रवर्द्धनका लागि नेपाली युवा क्रिकेट स्टारलाई दुईवर्षे अनुबन्धन गरेको हो ।

सन्दीप एनसेलको हम्बल हिरो

आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्नावरिपरिका सबैलाई उत्प्रेरित गर्दै देशलाई गौरवान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान र रचनात्मक हौसलाका लागि ‘स्टार हम्बल हिरो’ कार्यक्रम बनाएको एनसेलको दाबी छ ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा शुक्रबार गरेको हो । बालमन्दिरस्थित बाल संरक्षण गृहको परिसरमा घोषणा कार्यक्रममा सन्दीपले बालमन्दिरका बालबालिकालाई सम्बोधन गर्दै हौस्याएका थिए । बालबालिकाहरूले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए । यस प्रयासले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केही गर्ने ऊर्जा प्रदान गर्ने सन्दीपको विश्वास थियो ।

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोका रूपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको ऊर्जा तथा मनोभाव हाम्रो सिर्जनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसँग मेल खान्छ,’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?