२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाली फुटबल टोली स्वदेश फर्कियो

रासस/याेन्हाप

काठमाडौँ — बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । 

नेपाली फुटबल टोली स्वदेश फर्कियो

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२‌औँ संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो ।

समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३-० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भूटानमाथि शानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।


अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरुले नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २-० ले पराजित भएको थियो ।


श्रीलङ्का पनि भारतसँग २-० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो ।

प्रकाशित : भाद्र २८, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?