१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्रिकेट टोली स्वदेश फिर्ता

रासस/याेन्हाप

काठमाडौँ — मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर शुक्रबार नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 

क्रिकेट टोली स्वदेश फिर्ता

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो ।


छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।


उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङकङ एशिया कपका लागि छनोट भएको छ ।


फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो ।

एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ ।


तस्बिरः हेमन्त श्रेष्ठ / कान्तिपुर

प्रकाशित : भाद्र २२, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?