१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एसिया कपमा हङकङ

काठमाडौँ — हङकङले यूएईमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।

एसिया कपमा हङकङ

सेप्टेम्बर १५ बाट यूएईको अबुधाबी र दुबईमा हुने एसिया कपको समूह ‘ए’ मा यूएईले भारत र पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान छन् ।

मलेसियामा भएको छनोट प्रतियोगितामा वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र यूएई र नेपाललाई उछिन्दै हङकङ एसिया कपमा पुगेको हो । पहिलो खेलमै पुछारमा रहेको मलेसियासँग ६ विकेटले पराजित हङकङ त्यसपछि नेपाल र यूएईलाई पराजित गर्दै फाइनल पुगेको थियो । बिहीबार फाइनलमा पुन: यूएईलाई नै पराजित गरेको हो ।

हङकङले तेस्रोपल्ट एसिया कप खेल्न लागेको छ । यसअघि टोलीले सन् २००४ र २००८ मा एसिया कप खेलेको थियो । मार्चमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा नेपालसँग समूह चरणको निर्णायक खेलमा पराजित भएपछि हङकङको वान–डे अन्तर्राष्ट्रिय मान्यता गुमेको थियो । दाबेदारका भएर एसिया कप छनोटमा उत्रिएको नेपालले निराशाजनक रूपमा चौथो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ ।

क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा भएको फाइनल वर्षाले प्रभावित रहयो । हङकङले टस जितेपछि ब्याटिङ गरेको यूएईले १६ ओभरमा ६५ रन बनाउँदा ३ विकेट गुमाएको अवस्थामा खेल वर्षाले बिथोलिएको थियो । त्यसपछि खेल २४ ओभरमा छोटयाइँदा यूएईले बाँकी ८ ओभरमा १ सय ११ रन जोड्यो । अस्फाक अहमदले ५१ बलमा ७९ रन बनाएपछि यूएईले १७६–९ को स्कोर बनायो ।

डकवर्थ लुइस पद्दतिमा १ सय ७९ रनको लक्ष्य हङकङले ३ बलअगाडि पूरा गर्‍यो । निजाकत खानले ३८ र क्रिस्टोफर कार्टरले ३३ रन बनाउँदै हङकङलाई ऐतिहासिक सफलता दिलाए ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?