साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी
ढाका — साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।
सुनील बलको कर्नरमा अनन्त तामाङले २१ औं मिनेटमा गोल गरेका थिए भने ७० औं मिनेटमा सुनील बलले गोल गरेका थिए । यस्तै सब्सिच्युट खेलाडी भरत खवासले ७९ औं र निराजन खड्काले ८८ औं मिनेटमा गोल गरे । कप्तान विराज महर्जन दाेस्राे हाफमा मैदान प्रवेश गर्दै नेपालका लागि सर्वाधिक ६९ अाै खेलमा सहभागिता जनाए ।
नेपालले पहिलो खेल पाकिस्तानसँग २-१ ले हारेको थियो । अाजै हुने समूहकाे अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।
खेलअघि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटान विरुद्ध नेपालको मनोबल उच्च रहेको बताएका थिए ।
नेपालका लागि नियमित कप्तान विराज महर्जनको स्थानमा टिमको नेतृत्व किरण लिम्बूले गर्दैछन् । किरणले नेपालको नेतृत्व गर्न लागेको यो पहिलो खेल हो ।
नेपालले लाइनअपमा केही परिवर्तन गरेको छ । विराज महर्जन, नवयुग श्रेष्ठ र भरत अवासलाई बेन्चमा राखेको छ । उनीहरुको स्थानमा विशाल राई, दिनेश राजवंशी र सुनील बलले मौका पाएका छन् ।
नेपालको लाइनअप
१.अनन्त तामाङ
२.आदित्य चौधरी
३.विशाल राई
४.सुनील बल
५.बिमल घर्तीमगर
६.अन्जन विष्ट
७.सुजल श्रेष्ठ
८.किरण लिम्बू (कप्तान/गोलकिपर)
९.दिनेश राजवंशी
१०.रोहित चन्द
११.सुमन अर्याल