कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

ऐतिहासिक उपलब्धि हासिल गर्दै विराज
हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — नेपालले साफ च्याम्पियनसिप २०१८ मा बिहीबार भुटानको सामना गर्दा त्यो नेपाली फुटबलका लागि कोसेढुंगा उपलब्धि सावित हुन सक्नेछ । नेपालका कप्तान विराज महर्जनले भुटानको सामाना गर्ने अवसर पाए भने त्यो उनको ६९ औं क्याप हुनेछ र र यस क्रममा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । 

नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

पाकिस्तान विरुद्ध उनले ६८ ‍ क्याप जित्दै नेपालका लागि सर्वाधिक खेलेको कीर्तिमान राष्ट्रिय टिमका पूर्व खेलाडी तथा कप्तान राजु शाक्यसँग बराबरी गरेका थिए ।


अब भुटानको सामना गर्द विराज सामू आफ्नै प्रशिक्षकलाई उछिन्ने अवसर हुनेछ । भुटान विरुद्धको खेल अगाडि कान्तिपुरसँग कुराकानी गर्दै विराजले भनेका छन्, 'यो उपलब्धिको लागि म निकै खुशी छु र कीर्तिमान प्रदर्शनका लागि रोमान्चित छु, यहाँसम्म पुग्न मेरो खेल जीवनमा सहयोग गर्ने परिवार, प्रशिक्षक, साथी, खेलाडी र एन्फा तथा अरु सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु ।'


एन्फाको दोस्रो व्याचको उत्पादन विराजले सन् २००८ मा पाकिस्तान विरुद्ध पोखरामा भएको खेलमा डेब्यु गरेका थिए । सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपको क्रममा श्रीलंका विरुद्ध उनले पहिलोपल्ट कप्तानीको अवसर पाएका थिए ।


पोखरामा खेले यता उनी नियमित रुपमा राष्ट्रिय टिममा छन् । सम्भवतः आफ्नो खेल जीवनको अन्त्यतिर रहेका विराजका लागि अहिलेको साफ च्यम्पियनसिप अन्तिम ठूलो प्रतियोगिता हुन सक्छ ।


उनको पारिवारिक पृष्ठभूमी नै फुटबलमय रहेको छ । दशरथ रंगशाला नजिकको त्रिपुरेश्वरमा हुर्केका विराजले सानै उमेरदेखि परिवारमै फुटबल सिकेका थिए । उनी बाहेक उनको परिवारबाट दाजु विक्रम महर्जन र काका रत्नजीत महर्जनले उमेर समूहमा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका छन् ।


घरेलु फुटबलमा मनाङ मर्स्याङ्दीसँग आवद्ध विराजले थ्रीस्टारबाट पनि लामो समय खेले । सानो छँदा ब्राजिलियन खेाडी रोबोर्टो कार्लोसबाट प्रभावित विराजले आफूलाई उनकै जस्तो भूमिकामा ढालेका थिए । उनले नेपाली राष्ट्रिय टिमका लागि एक गोल मात्रै गरेका छन् ।


नेपालको रक्षापंक्ति क्रममा उनी दायाँबायाँ र बीचमा सबै भूमिका खेल्न पोख्त छन् । उपाधि जितेको हिसाबमा उनी सबैभन्दा सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।


संयोगले उनले उछिन्न लागेका शाक्य दोस्रो सफल कप्तान हुन् । सन् १९९३ मा नेपालले दक्षिण एसियाली फुटबलमा स्वर्ण जित्दा उनै शाक्य कप्तन थिए । यो उपलब्धि बंगबन्धु रंगशालामै प्राप्त भएको थियो । संयोगले विराजले यही रंगशालमा २५ वर्षपछि शाक्यलाई सर्वाधिक खेल खेलेको कीर्तिमानमा उछिन्दै छन् ।

प्रकाशित : भाद्र २०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?