२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

ध्रुव तुलाधर

जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् ।

तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

१८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा वीरबहादुरले अफगानी प्रतिद्वन्द्वीलाई २४–१३ अंक अन्तरले हराउँदै अन्तिम् १६ को स्थान सुरक्षित गरेका हुन् । १२ औं दक्षिण एसियाली खेलकुदमा उनी अहमदसँग पराजित हुँदै वीरबहादुरले स्वर्ण गुमाएका थिए । सागको बदला लिने क्रममा आक्रामक सुरुआत गरेका वीरबहादुरले पहिलो राउन्डमै १३–४ को अग्रता बनाएका थिए । त्यसमा तीन हेड किकको ९ अंक सामेल थियो । अन्तिम राउन्डमा दुवैले ८–८ अंक बटुलेका थिए । दुवैले २–२ हेड किक प्रहार गरे ।


वीरबहादुरले अब काजकिस्तानका काजिबेव बख्तयारुलीसँग खेल्ने छन् । काजकिस्तानका खेलाडी बाइ पाएर अन्तिम १६ मा पुगेका हुन् । खेल आजै हुनेछ ।


पौडीतर्फ ओलम्पियन गौरिका सिंह र शुभम श्रेष्ठ राष्ट्रिय कीर्तिमान बनाउन असफल भए । महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी गौरिकाले २ मिनेट १२ दशमबल ५३ सेकेन्डमा दूरी पार गरे । उनले आफ्नो नामको कीर्तिमान सुधार्न सकिनन् ।


जीबीके एक्वाटिक पौडी सेन्टरमा बुधबार बिहान गौरिकाले हिट १ मा प्रतिस्पर्धा गरेका थिए । यस इभेन्टमा उनकै नाममा २ मिनेट ११.९४ सेकेन्डको र्कीर्तिमान छ ।


२४ प्रतिस्पर्धी रहेको यस इभेन्टमा गौरिकाले १९ औं हाँसिल गरिन् । उनले मकाउ, पाकिस्तान, मंगोलिया र टिमोर लिस्टेका खेलाडीलाई पछाडि छाडेका थिए ।


पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा शुभम् श्रेष्ठले एसियाडमा १ मिनेट ११.३५ सेकेन्डमा दूरी पार गरेका थिए । उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्न थोरैले चुके । हंगेरीको बुढापेस्टमा सन् २०१७ को वल्र्ड फिना च्याम्पियनसिपमा १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान राखेका थिए ।

प्रकाशित : भाद्र ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?