कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अार्सनलमाथि सिटीको जित

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत अाइतबार म्यानचेस्टर सिटीले अार्सनलको घरेलु मैदानमा २-० को सहज जित दर्ता गरेको छ ।

अार्सनलमाथि सिटीको जित

लिगको पहिलो खेलमा सिटीलाई जित दिलाउन पहिलो हाफमा रहिम‌ स्टरलिङ तथा दोस्रो हाफमा बर्नार्डो सिल्भाले गोल गरे । दुवै टोलीले बलियो टोली उतार्दै अाक्रमक फुटबल खेलेका थिए । नयाँ प्रशिक्षक उनाइ एमेरीको नेतृत्वमा अार्सनलले राम्रो सुरुवात पाउन सकेन ।


च्याम्पियन्स लिगमा छनोट हुन नसकेको अार्सनलले ट्रान्सफर विन्डोमा मोटो रकम खर्चेपनि गोलरक्षक बर्न्ड लेनो, मिडफिल्डर लुकास टोरेरालगायत पहिलो रोजाइमा परेनन् । सिटीका लागि नयाँ खेलाडी रियाद माहरेजले अौसत प्रदर्शन गरे ।

प्रकाशित : श्रावण २८, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?