लेस्टरमा मगायरको प्रशंसा

रोयटर्स

लन्डन — लेस्टर सिटीका प्रशिक्षक क्लाउड पुयलले लगातार ट्रान्सफरको हल्ला आए पनि डिफेन्डर ह्यारी मगायरको व्यवहारलाई प्रशंसा गरेका छन् । ब्रिटिस सञ्चारमाध्ययमले जनाएअनुसार म्यानचेस्टर युनाइटेडले मगायरलाई अनुबन्धन गर्न विश्व कीर्तिमानी रकम खर्च गर्ने तयारी गरेको थियो ।

लेस्टरमा मगायरको प्रशंसा

इंग्ल्यान्डलाई २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनल पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका मगायर युनाइटेड प्रशिक्षक जोसे मोउरिन्होको पहिलो रोजाइमा थिए ।


शुक्रबार लेस्टरले प्रिमियर लिगको उद्घाटन खेलमा युनाइटेडको सामना गर्दा २५ वर्षीय डिफेन्डर लेस्टरको जर्सीमा हुनेछन् । ओल्ड ट्राफोर्डमा शुक्रबार हुने खेलको पूर्वसन्ध्यामा लेस्टर प्रशिक्षक पुयलले जिस्कँदै मगायर केही घण्टाका लागि मात्र म्यानचेस्टर पुग्ने बताए । ‘उनी केही घण्टा म्यानचेस्टरमा रहनेछन् । पक्कै पनि उनीजस्ता खेलाडी टोलीमा रहँदा निकै खुसी छु । म एक प्रशिक्षकको नाताले आफ्नो उत्कृष्ट खेलाडीलाई टोलीमा समेट्न हरप्रयास गर्नेछु,’ उनले भने ।


लेस्टरले विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई मोटो रकममा बेचेको थियो । त्यसपछि पुयल अरु खेलाडीलाई जान दिने पक्षमा देखिएका छैनन् । बिहीबार नै क्लबले क्रोएसियाका फिलिप बेन्कोभिचलाई छैटौं खेलाडीमा अनुबन्धन गरेको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?