लेर्मा बर्नमाउथमा

एएफपी

लन्डन — प्रिमियर लिग क्लब बर्नमाउथले कोलम्बियाली सेन्ट्रल मिडफिल्डर जेफरसन लेर्मालाई लेभान्टेबाट क्लब कीर्तिमान मूल्यमा मंगलबार पाँचवर्षे सम्झौता गरेको छ ।

लेर्मा बर्नमाउथमा

२३ वर्षीय उनले यस वर्ष रुसमा भएको विश्वकपमा कोलीम्बयाका लागि सबै खेल खेलेका थिए । उनको स्थानान्तरणको रकम सार्वजनिक गरिएको छैन तर बेलायती सञ्चारमाध्यमले २ करोड ५० लाख पाउन्डको हाराहारीमा भएको जनाएका छन् ।

बर्नमाउथले यसअघि चेल्सीबाट डच डिफेन्डर नाथन एके ल्याउनका लागि गत वर्ष २ करोड पाउन्ड खर्चेको थियो ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?