कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

टेनिस र जुडो विदेश यात्रामा

कान्तिपुर संवाददाता

काठमाडौँ — १८ औं एसियाली खेलकुदमा भाग लिने नेपाली लनटेनिस खेलाडी वैदेशिक प्रशिक्षणलाई बुधबार मलेसियाको क्वालालम्पुर गएका छन् ।

टेनिस र जुडो विदेश यात्रामा

उनीहरूले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । मलेसियन एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरूसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।

पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइरहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत छन् । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।

लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो ।

जुडो हंगेरीतर्फ
बुढापेस्ट ग्राँ पि जुडो च्याम्पियनसिप खेल्न ७ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली बुधबार हंगेरीको बुढापेस्ट गएको छ ।

अगस्ट १० देखि १२ सम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिला ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन् ।

प्रतियोगितामा सहभागी सातै खेलाडी १८ औं एसियाड खेल्ने खेलाडी हुन् । एसियाडमा नेपालबाट जुडोका ८ खेलाडी सहभागी हुँदै छन् । फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाड तयारीलाई जापानमा प्रशिक्षणरत छिन् । बुढापेस्टमा पुरुष ६० केजीमुनि मोहन बमले प्रतिस्पर्धा गर्नेछन् । केही वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका मोहन त्यतैबाट बुढापेस्ट पुगिसकेको जुडो संघले जनाएको छ । प्रतियोगितापछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । अगस्ट २५ तारिखमा हंगेरीबाटै टोली इन्डोनेसिया जानेछ ।

त्यस्तै इन्डोनेसियामै त्यहाँको वातावरणसँग अभ्यस्त हुन ८ सदस्यीय पाराग्लाइडिङ टोली बुधबारै जकार्ता प्रस्थान गरेको छ । एसियाडमा पहिलोपल्ट समावेश पाराग्लाइडिङको खेल पालेम्बाङमा हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?