कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इंग्ल्यान्डलाई शृंखलामा अग्रता

एएफपी

बर्मिङ्घम — बेन स्टोक्सले शनिबार भारतीय कप्तान विराट कोहलीसहित तीन विकेट लिएपछि इंग्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

इंग्ल्यान्डलाई शृंखलामा अग्रता

स्टोक्सले नै भारतको अन्तिम विकेटका रूपमा हार्दिक पाण्डेयलाई स्लिपमा क्याच आउट गराउँदा १ सय ९४ रनको लक्ष्य पछयाएको भारत १ सय ६२ रनमै समेटियो । यससँगै इंग्ल्यान्डले पाँच खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ ।

खेलमा ब्याट र बल दुवै पक्षमा बलियो प्रदर्शन गरेका श्याम करान म्यान अफ द म्याच भए । २० वर्षीय करानले इंग्ल्यान्डलाई दोस्रो इनिङ्समा ८७–७ को दयनीय स्थितिबाट उठाएका थिए । उनले ब्याटबाट ६३ रन जोड्नुसँगै बलिङतर्फ पनि पहिलो इनिङ्समा ४ विकेट लिएका थिए ।

शनिबारको खेल ११०–५ को स्थितिमा सुरु गरेको भारतलाई जितका लागि थप ८४ रन आवश्यक थियो । टेस्टको चौथो दिनै खेल सकिने लगभग पक्का थियो तर दिनको पहिलो ओभरमै जेम्स एन्डरसनले दिनेश कार्तिकलाई २० रनमा आउट गर्दै घरेलु टोलीको राम्रो सुरुआत गरे । त्यसपछि पाण्डेय र कोहलीले भारतलाई जिततर्फ उन्मुख गराए ।

कोहलीले ८८ बलमा अर्धशतक पूरा गर्दै लयमा रहेको प्रस्ट पारे । स्टोक्सले आक्रमणमा आएको तेस्रो बलमा कोहलीलाई एलबीडब्लु धरापमा पार्दै ५१ रनमा कोहलीलाई पेभेलियन फर्काए । त्यसको तीन बलपछि मोहमद सामी शून्यमै आउट भए । इशान्त शर्मा पनि आदिल रशिदको बलमा ११ रन जोड्दै आउट भए । उमेश यादव र पाण्डेयले केहीबेर इंग्लिस बलरलाई समस्या दिए पनि पाण्डेयले स्टोक्सको बलमा स्लिपमा रहेका कुकलाई क्याच थमाएपछि इंग्ल्यान्डको जित पक्का भएको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?