समर बास्केटबल सम्पन्न

प्रदीप मेन्याङबो

सुनसरी — गर्मी बिदालाई लक्षित गरी धरान बास्केटबल संघको आयोजना तथा जिल्ला बास्केटबल संघको सहयोगमा सञ्चालित तीन हप्ते दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प शनिबार समापन भएको छ ।

समर बास्केटबल सम्पन्न

धरानभरीका १८ वटा विद्यालयका ९५ जना विद्यार्थीहरुले सहभागिता रहेको समर क्याम्पमार्फत क्षमता अभिवृद्धि गर्दै बास्केटवल खेलाडि उत्पादनको लागि क्याम्पको आयोजना गरिएको आयोजक संघले जनाएको छ ।


सहभागीहरु मध्ये हिमाल कलेक्सन उत्कृष्ट महिला र पुरुष खेलाडी, हाम्रो कलेक्सन उदयीमान खेलाडी र अनुशासित खेलाडीलाई पुरस्कृत गरिएको थियो । हिमाल कलेक्सन उत्कृष्ट महिला र पुरुष खेलाडीमा पर्वत स्कुलका कक्षा ९ अध्ययनरत सितल तामाङ र जेम स्कुलका कक्षा ९ मा अध्ययनरत निशान्त तामाङ घोषित भए ।


समर क्याम्प सफल बनाउन विशेष योगदान दिने नव प्रशिक्षक तथा खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो ।


नव प्रशिक्षकमा वेस्ट ट्रेनर पुरस्कार चिरञ्जीवि गिरि, विशेष योगदान बापत वेस्ट इफोर्ट पुरस्कार पूर्वाञ्चल बास्केटवल टिम कप्तान हेमन्त राई र प्रेरणादायी खेलाडीमा पूर्वाञ्चल महिला बास्केटवलका टिम कप्तान आशा राईलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : श्रावण १९, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?