२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

माउरिन्होलाई अन्त्यमा खुसी

एएफपी

मियामी — अमेरिकाको तनावपूर्ण भ्रमणमा अन्तत: रियल म्याड्रिडविरुद्ध हात पारेको २–१ को जितले जोसे माउरिन्होलाई केही खुसी दिएको छ । पहिलो हाफमा एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गरेपछि युनाइटेडले सफलता पाएको हो ।

माउरिन्होलाई अन्त्यमा खुसी

दुई साताको अमेरिका भ्रमणमा माउरिन्हो केन्द्रमै रहे । स्थानान्तरण गतिविधिमा खासै ध्यान नदिएका उनले पहिलो रोजाइका आफ्ना केही खेलाडीको आलोचना पनि गरे । तर, पहिलो हाफमा दुई गोलको अग्रता लिँदा उनको टिम उत्साहप्रद देखिएको थियो । करिम बेन्जेमाले पहिलो हाफ सकिनुअघि गोल गर्दै स्पेनी महारथीको खेलमा पुनरागमन गर्ने सम्भावना जीवितै राखेका थिए ।

‘मैले केही सिकिनँ (यस भ्रमणबाट),’ मोउरिन्होले भने, ‘एन्डर हरेरा, हुँवा माटा, एलेक्सिस सान्चेज मेरा लागि के हुन् भन्ने थाह छ । बच्चा धेरै युवा भएको मलाई थाह छ र उनीहरूलाई माथि आउन समय लाग्छ । खेलाडीले सबथोक दिएको मलाई थाह छ र अन्तिम १५ मिनेट हामी शिथिल रह्यौं । उसले (रियल) टोनी क्रुज, एसेन्सियो र इस्कोलाई ल्याएपछि हामीले रोक्न सक्छौं जस्तो लागेको थिएन तर गर्‍यौं ।’

‘त्यो स्पिरिट हामीलाई आवश्यक थियो किनभने हामीलाई प्रिमियर लिगका सुरुका दुई वा तीन साता वास्तवमै कठिन हुनेछ । त्यसका लागि हामीले तयारी गरेका छैनौं,’ मोउरिन्होले बताए । यी पोर्चुगिज व्यवस्थापकसँग विश्वकपपछि भ्रमण र रमाइलोमा रहेका १२ खेलाडी थिएनन् । युनाइटेडले ६४,१४१ दर्शकसामु मियामीको हार्डरक रंगशालामा रियल म्याड्रिडविरुद्ध खेल सुरु गरेर प्रि–सिजनको तयारी पूरा गर्‍यो । स्पेनी ला लिगा इंग्ल्यान्डको प्रिमियर लिगभन्दा एक साता पछाडि सुरु हुनेछ । रियलका नयाँ व्यवस्थापक जुलेन लोपेटेगुईले गारेथ बेललाई पहिलो रोजाइमा खेलाए भने जर्मन स्टार टोनी क्रुजलाई बेन्चमा राखेका थिए ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?