कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओमानसँग नेपालको पहिलो खेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एसीसी एसिया कप छनोटमा ओमानसँग पहिलो खेल खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगिताको खेलतालिका शुक्रबार प्रकाशित गरेको हो ।

ओमानसँग नेपालको पहिलो खेल

नेपाल र हङकङसहित प्रतियोगितामा आयोजक मलेसिया, यूएई, ओमान, सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । नेपालले ओमानसँग अगस्ट २९ मा बायुमास ओभलमा खेलेपछि ३० मा यूएई, सेप्टेम्बर १ मा मलेसिया, २ मा सिंगापुर, ४ मा हङकङसँग खेल्नेछ । राउन्ड रोबिनमा एकले अर्कोसँग प्रतिस्पर्धा गरेपछि प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।


उपाधि जित्ने टोलीले सेप्टेम्बर १५ देखि २८ सम्म यूएईमा हुने एसिया कपमा स्थान पाउने छ । एसिया कप छनोट विजेताले एसिया कपमा समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै रहनेछ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रकाशित : श्रावण ११, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?