रौतहटको एकपक्षीय जित

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका– ६ स्थित शेरबहादुर दर्लामी खेल मैदानमा बुधबार सुरु उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलको उद्घाटन खेलमा रौतहटले बारालाई ४–० ले पराजित गरेको छ ।

रौतहटको एकपक्षीय जित

खेलको ३४ औं मिनेटमा रौतहटकी अस्मिता वैद्यले पहिलो गोल गरिन् । उनले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो । उनको प्रहार रोक्ने बाराकी गोलकिपर सोनु मैनालीको प्रयास सफल हुनसकेन । रौतहटकी रश्मीकुमारी घिसिङले पटक–पटक गोल प्रयास गरेकी थिइन् । तर बाराकी डिफेन्स यलिना खड्काले असफल बनाइदिइन् । ५४ औं मिनेटमा रौतहटकी मनीषा राउतले दोस्रो गोल गरिन् ।

बाराले पनि अवसर नपाएको होइन । टोलीका खेलाडीले धेरै अवसर चुकाए । ६० औं मिनेटमा मनीषा राउतले रौटहटका लागि तेस्रो गोल थपिन् । उनले रोजिना श्रेष्ठको पास उपयोग गरिन् । चतुर खेलाडी रोजिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अन्तिम समयमा रौतहटबाट मेनुका आलेले गोल थप्दै खेल ४–० ले टुंग्याइन् ।

प्रतियोगितामा रौतहट, बारा, पाँचथर, कास्की, सुनसरी, इलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरी १३ टोली सहभागी रहेको रौतहट जिल्ला फुटबल संघका महासचिव मधु धितालले जनाए । बिहीबार पाँचथर र कास्की तथा सुनसरी र इलामबीच प्रतिस्पर्धा हुनेछन् ।

प्रकाशित : असार २८, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?