२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रदेश स्तरीय भलिबल प्रतियोगिता

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकामा प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

प्रदेश स्तरीय भलिबल प्रतियोगिता

सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशको मुख्य आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असार १० देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो ।


प्रतियोगितामा प्रदेश नम्बर १ अन्तर्गतका १४ वटा जिल्लाबाट १४ टिमको सहभागिता रहने छ ।


प्रतियोगिता विजयी हुने टिमले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने टिमलाई नगद २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : असार ७, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?