कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

थ्रीस्टार सेमिफाइनलमा

अमन कोइराला

सर्लाही — लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार थ्रीस्टार क्लबले कास्कीको पोखरा ११ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ । निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

थ्रीस्टार सेमिफाइनलमा

त्यसमा पोखराका विमल बस्नेतमात्र गोल गर्न सफल भए । पोखराका अजित गुरुङको प्रहार गोलकिपरले रोकिदिए भने विश्व अधिकारीका प्रहार बाहिरिएको थियो । थ्रीस्टारका रुपेश केसी, बुद्ध चेम्जोङ, अशोक खवास र विजय धिमालले गोल गरेका थिए ।


प्रतिस्पर्धात्मक पहिलो हाफमा पोखराका शान्त गुरुङले नवौं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए । गोलकिपरबाट फुत्केको बलमा उनले हेडबाट सुन्दर गोल गरे । गोललगत्तै हाबी बनेको पोखराले विपक्षीमाथि लगातार दबाब सिर्जना गर्दै लगातार पेल्न सफल भयो । खेलको १६ औं मिनेटमा पोखराका उत्तम गुरुङले पेनाल्टी बक्सभन्दा निकै परबाट गरेको प्रहारमा गोल भएसँगै अग्रता फराकिलो बनेको थियो । दुई गोल खाएपछि थ्रीस्टारले आक्रामक खेल प्रदर्शन गर्‍यो । मध्यान्तर हुनुअघि थ्रीस्टारले खेल आफ्नो पक्षमा पार्दै पोखरामाथि ठूलो दबाब वनायो । गोल गर्ने तीन प्रयास असफल भएपछि २–० मै मध्यान्तरसम्म थ्रीस्टारले चित्त बुझाउनुपर्‍यो ।


मध्यान्तरपछि मैदानमा उत्रेका थ्रीस्टारका खेलाडीले लगातार बल नियन्त्रणमा लिएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमै थ्रीस्टारका अजायी मार्टिनले बल अघि बढाउँदै सहजै गोल गरे । पहिलो गोल गरेसंगै थ्रीस्टारका खेलाडीले तीव्र गतिमा खेल जारी राखे । चौथो मिनेटमै पेनाल्टी बक्सनजिक अल्मलिएको बलमा मार्टिनले गोलकिपर बिट गर्दै गोल गरेर खेल २–२ को बराबरीमा पुर्‍याए ।


दुवै टिम बराबरीमा पुगेपछि खेल रोचक बन्यो । थ्रीस्टारले गोल गर्ने आधा दर्जन अवसर गुमायो । दोस्रो हाफमा पोखरा टिम केही शिथिल देखियो । खेल सकिन २० मिनेट बाँकी भएपछि दुवै टिम आक्रामक खेलमा उत्रिए । दुवैले सुन्दर खेल प्रदर्शन गरेर दर्शकको मन जिते । तर थप गोल नहुँदा खेल टाइब्रेकरमा पुग्यो । म्यान अफ द म्याच पोखराका मिक्छेन तामाङ घोषित भए । बुधबार रमपम झापा ११ र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?