कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सानदार जितसँगै बार्सिलोनालाई कोपा डे रे

एएफपी

म्याड्रिड — लुइस स्वारेजले दुई गोल गरेपछि बार्सिलोनाले शनिबार राति लगातार चौथौ पल्ट कोपा डे रे जितेको छ । फाइनलमा उत्कृष्ट खेल देखाउँदै बार्सिलोनाले सेभियालाई ५–० ले हरायो । 

सानदार जितसँगै बार्सिलोनालाई कोपा डे रे

बार्सिलोना पहिलो हाफमा तीन गोलले अगाडि रहेको थियो । उसका लागि लियोनल मेसी, आन्द्रेस इनिस्टा र फिलिप कोउटिन्होले गोल गरे । प्रशिक्षक एरनिस्टो भाल्भारेडले टिम सम्हालेयता यो पहिलो उपाधि हो ।


उपाधि हात परेसँगै युरोपेली च्याम्पियन्स लिगमा एएस रोमाको हातबाट पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको पीडा केही कम भएको छ । बार्सिलोना ला लिगा पनि जित्ने होडमा छ ।

प्रकाशित : वैशाख ९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?