१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उदयपुर गोल्डकप तेस्रो साता

उदयपुर — उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण वैशाख २२ देखि सदरमुकाम गाईघाटमा हुने भएको छ ।
प्रतियोगितालाई तीव्र तयारी थालिएको गोल्डकप मूल आयोजक समितिका सयोजक किरण राईले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

उदयपुर गोल्डकप तेस्रो साता

वैशाख २९ सम्म थरूहट–त्रियुगा रंगशालामा हुने प्रतियोगितामा यसपालि पुरस्कार राशिमा तेब्बर वृद्धि गरिएको छ । विजेताले ५ लाख रुपैयाँ जित्नेछ । चौथो संस्करणसम्म १ लाख ५० हजार विजेताको पुरस्कार रहेको थियो । उपविजेताले ३ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगिताको संयोजन त्रियुगा नगरपालिकाले गर्नेछ । गोल्डकपमा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग हुने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजन एसियन थाई फुड्स प्रालि र प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिले गर्नेछन् । सहप्रायोजन गोर्खा ब्रुअरी प्रालि, जाउलाखेल डिस्ट्रिलरी, उदयपुर सिमेन्ट र हिमाली यातायातलगायत विभिन्न संघसंस्थाले गर्ने जानकारी गराइयो ।

प्रतियोगितामा भाग लिने टिमको टुंगो भई नसकेको भए पनि साबिककै टिमको सहभागिता रहनेगरी सम्झौता प्रक्रिया अघि बढिसकेको आयोजकले जनाएको छ । ए डिभिजन टोली थ्रीस्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुसिल, संकटा क्लब, मनाङ मस्र्याङ्दीलगायत झापा ११, मोरङ ११, सुनसरी ११, रूपन्देही ११ र घरेलु टोली उदयपुर ११ को सहभागिता रहने छ ।

संयोजक राईले उदयपुर गोल्डकप जिल्लाको जेठो गोल्डकप भएको भन्दै सबैको सहयोगबाट ६ वर्षदेखि निरन्तर सफल सञ्चालन हँुदै आएको बताए । उनले गोल्डकपकै कारण सदरमुकाममा थरूहट–त्रियुगा रंगशाला निर्माणको अन्तिम चरणमा पुगिसकेको बताउँदै यसले सबै खेलप्रेमीलाई गौरवान्वित गराएको बताए । उनका अनुसार प्रतियोगिता गर्न करिब ५० लाख रुपैयाँ खर्च हुनेछ ।

उदयपुरका त्रियुगा नगरपालिकामा उयदपुर गोल्डकप, कटारी नगरपालिकामा कटारी गोल्डकप र चौदण्डीगढी नगरपालिकामा बसाहा गोल्डकप हुँदै आएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?