आर्मी र जेभियर विजयी

काठमाडौँ — आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबलमा सोमबार जित पाएका छन् । आर्मीले बलर्जलाई ७४–५१ स्कोरले हरायो । आर्मीका सदीश प्रधानले २४ स्कोर जोडे ।

आर्मी र जेभियर विजयी

पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मी दोस्रोमा १६–१८ ले पछि पर्‍यो । तेस्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मी ‘ए’ ले क्रमश: १६–६ र १६–१३ स्कोर जोड्यो ।

जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले पराजित गर्दा निकेश मगरले २३ स्कोर गरेका थिए । सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वाटरमा अग्रता बनाउँदै जित निकाल्यो । जेभियरले दोस्रोमा २२–१७ र तेस्रोमा २३–१३ स्कोर बनायो । चौथो क्वाटर आर्मीले २०–१४ ले आफ्नो पक्षमा पारे पनि जित हात पार्न सकेन । बूढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले पराजित गर्‍यो । विजेताका विराज रानाले १७ स्कोर गरे ।

बूढानीलकण्ठले पहिलोमा १५–८, दोस्रोमा २२–१४, तेस्रोमा १२–१८ र चौथो क्वाटरमा ३०–२० को प्रदर्शन गरेको थियो ।

महिलातर्फ समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को सहज जित निकाल्दै सेमिफाइनल पक्का गर्‍यो । समृद्धकी मुना महर्जनले १५ स्कोर जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोस्रो हारसँगै नेकोस बाहिरिएको छ । नेकोसको बहिगर्मनसँगै साइपाल पनि सेमिफाइनल पुग्यो ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?