१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

टोरेसको सयौं गोल

एएफपी

म्याड्रिड — फर्नान्डो टोरेसले ला लिगामा व्यक्तिगत सय गोल गर्दै आइतबार राति एटलेटिको म्याड्रिडलाई लेभान्टेमाथि ३–० को दिलाएका छन् । टोरेसले यसअघि सिजनको समाप्तीमा क्लब छाड्ने घोषणा गरेका थिए ।

टोरेसको सयौं गोल

लिभरपुल र चेल्सीका पूर्व खेलाडी पछिल्लो समय एटलेटिकोमा पहिलो रोजाईमा छैनन् । एटलेटिकोको अहिलेको जितमा भने एन्जेल कोरेरा र एन्टोनिया ग्रिजमनले पनि गोल गरे ।


ला लिगाको अर्को खेलमा रियल म्याड्रिडले मालागालाई २–१ ले हरायो । रियलका लागि इस्को र कासेमिरोले गोल गरे । टिमले क्रिस्टियानो रोनाल्डो र गेराथ बेललाई आराम दिएको थियो ।


लिगमा बार्सिलोना ८२ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एटलेटिको ७१ र रियल ६७ अंकमा छ ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?