१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

डीपीएल क्रिकेटः काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

धनगढी — काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।

डीपीएल क्रिकेटः काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ । खेल मध्यान्ह १२:३० मा हुनेछ ।


प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।


१४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो ।


काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले २१ बलमा १५ रन बनाए । पुष्प थापा ९ रनमा आउट भए ।


यस्तै सन्नी पटेल र नरेश बुढाऐर नटआउट क्रमशः १ र ७ रन बनाए ।


महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १/१ विकेट लिए ।


दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडल काठमाडौं गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको थियो । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भइरहेको खेलमा टस हारेर महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए ।


यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए ।


महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए ।


आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए ।


काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो । उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने ।


पुष्प थापा र सुबोथ भाटीले १/१ विकेट लिए ।

प्रकाशित : चैत्र २९, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?