बायर्न लगातार छैटौंपल्ट च्याम्पियन

एएफपी

बर्लिन — बायर्न म्युनिखले लगातार छैटौंपल्ट बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार अस्गबर्गविरुद्ध ४–१ को नतिजा निकाल्दै बायर्नले जर्मन लिगको उपाधि जितेको हो ।

बायर्न लगातार छैटौंपल्ट च्याम्पियन

इतिहासमा २८ औंपल्ट उपाधि जितेको बायर्न सन् २०१३ यता लगातार च्याम्पियन बन्दै आएको छ ।

बायर्नले शनिबार २९ औं खेल खेल्दा ७२ अंक बटुलेको थियो । दोस्रो स्थानमा रहेको साल्के ४ सँग ५५ अंक रहेको छ ।

लिभरपुलको बराबरी
लिभरपुल– इंग्लिस प्रिमियर लिगमा लिभरपुल शनिबार राति एभरटनको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धका दुई खेलको बीचमा लिभरपुलले मर्सिसाइड डर्बी खेलेको हो ।

व्यवस्थापक योर्गन क्लोपले मध्यसाता सिटीमाथि प्राप्त जितको टिमबाट पाँच खेलाडी परिवर्तन गरेका थिए । सिटीविरुद्धको दोस्रो लेगको खेल ध्यानमा राखेर उनले मोहम्मद सलाहलाई खेलाएनन् । यस्तै जेम्स मिल्नर र साडियो मानेलाई पनि सब्टिच्युट गरे ।

बराबरीपछि लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई उछिनेर लिग अंकतालिकाको दोस्रो स्थान कब्जा गर्ने अवसर भने गुमाएको छ ।

प्रकाशित : चैत्र २५, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?