कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकालाई टेस्ट सिरिज

एएफपी

जोहानेसबर्ग — भेर्नोन फिलान्डरले सनसनीपूर्ण बलिङ गरेपछि दक्षिण अफ्रिकाले चौथो टेस्टको पाँचौं दिन मंगलबार अस्ट्रेलियालाई नमीठो हारको स्वाद चखाएको छ ।

दक्षिण अफ्रिकालाई टेस्ट सिरिज

वान्डर्स स्टेडियममा फिलान्डरले २१ रन खर्चेर ६ विकेट लिँदा अस्ट्रेलिया १ सय १९ रनमै अलआउट भयो । यससँगै दक्षिण अफ्रिका ४ सय ९२ रनले विजयी रह्यो । दक्षिण अफ्रिकाको यो सबैभन्दा ठूलो अन्तरको टेस्ट जित हो ।


दक्षिण अफ्रिकाले चार टेस्ट सिरिज पनि ३–१ ले जितेको छ । सन् १९६९/७० यता दक्षिण अफ्रिकाले अस्ट्ेरलियालाई टेस्ट सिरिजमा हराएको पहिलोपल्ट हो । योसँगै अब्बल दर्जाको क्रिकेट र त्यत्तिकै मैदानबाहिरको विवादमा फसेको सिरिजमा पनि पूर्णविराम लागेको छ । केपटाउनमा भएको तेस्रो टेस्टमा बल टेम्परिङको आरोप लागेयता तात्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरसँगै क्यामरन बेनक्रफ्टलाई घर पठाइएको थियो ।


यता चौथो टेस्टको अन्तिम दिन फिलान्डरले दिनकै पहिलो ओभरमा २ विकेट लिए । शन मार्स पहिलो बलमै गलीमा समातिए भने त्यसको चार बलपछि मिचेल मार्स कट बिह्यान्ड भए । अस्ट्ेरलियाले ३ विकेट गुमाएर ८८ रनबाट खेल्न सुरु गरेको थियो । त्यति बेलासम्म कुनै रन थप्न सकेको थिएन । फिलान्डरका लागि ५४ औं टेस्टमा मार्सको विकेट दुई सयौं रह्यो ।


आफ्नो अन्तिम टेस्ट खेलिरहेका मोर्ने मोर्कललाई खेल सकिएपछि साथीहरू र सहयोगीले ‘गार्ड अफ अनर’ प्रदान गरेका थिए । अस्ट्ेरलियाको नवौं विकेट पतनमा उनलाई फेरि बलिङ आक्रमणको जिम्मा दिइएको थियो । उनले आफूले लिएको ३ सय ९ विकेटमा थप्न भने सकेनन् । नथान लियोनको अन्तिम विकेट रनआउटको रूपमा गिरेको थियो ।


न्युजिल्यान्ड–इंग्ल्यान्ड
क्राइस्टचर्च– इश सोधी र नेल वाग्नरले १ सय ८८ बल सामना गर्दै विकेट झर्न नदिएपछि न्युजिल्यान्डले मंगलबार इंग्ल्यान्डमाथि टेस्ट सिरिज जितको उपलब्धि दर्ता गरेको छ । तेस्रो खेल बराबरीमा टुंगेपछि तीन टेस्टको सिरिज न्युजिल्यान्डले १–० ले जितेको छ । क्राइस्टचर्चमा भएको दोस्रो टेस्ट बराबरीमा टुंगिनुअगाडि न्युजिल्यान्डले पहिलो जित जितेको थियो ।


इंग्ल्यान्ड भने पछिल्ला १३ टेस्टमा जितविहीन छ । घरेलु टिमले जितका लागि ३ सय ८२ रनको लक्ष्य पाएकामा उसको दोस्रो इनिङ्स
खराब प्रकाशले रोकिनुपूर्व ८ विकेटमा २ सय ५६ रन थियो । सोधी ५६ रन बनाएर नटआउट रहे । वाग्गरले ७ रन बनाउन १ सय ७ बल सामना गरे ।

प्रकाशित : चैत्र २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?