कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्कटल्यान्डद्वारा नेपाल पराजित (अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले स्कटल्यान्डको सामना गरिरहेको छ । जिम्बावेमा भइरहेको प्रतियोगिताको बिहीबारको खेल नेपाली समयअनुसार दिउँसो १:१५ मा सुरु भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

स्कटल्यान्डद्वारा नेपाल पराजित (अपडेट)

नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । नेपाली बलरमाथि हावी हुँदैं जिम्बावेले त्यो खेलमा ३ सय ८० रन बनाएको थियो, जुन नेपालले ५० ओभरको खेलमा सबैभन्दा बढी रन हो ।


स्कटल्यान्डले पहिलो दुवै खेलमा विजय हात पारेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध पारेको स्कटल्यान्डले मंगलबार दोस्रो खेलमा हङकङमाथी ४ विकेटको सहज विजय हात पारेको थियो । नेपाललाई पराजित गरेमा स्कटल्यान्ड सुपर सिक्समा पुग्ने छ ।

स्कटल्यान्डसँग यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको थियो । २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाललाई पराजित गर्दै अघि बढेको स्कटल्यान्ड प्रतियोगिता नै जिति विश्वकपमा पुगेको थियो । त्यसपछि स्कटल्यान्डको आयरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुबै खेलमा पनि नेपाललाई स्कटल्यान्डले पराजित गरेको थियो । च्याम्पियनसिपको उपविजेता बनेपछि स्कटल्यान्ड विश्वकप छनोटमा सोझै पुगेका थियो ।


च्याम्पियनसिपको शीर्ष चारमा नपरेको नेपाल सातौं भई रेलिगेसनमा परी डिभिजन २ मा झरेको थियो । अघिल्लो महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

प्रकाशित : फाल्गुन २४, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?