कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

टीकापुरको जित

काठमाडौँ — टीकापुर क्रिकेट क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार टीकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले हरायो।

टीकापुरको जित

ब्याटिङ निम्तो पाएको टीकापुरले रवीन्द्रजंग शाहीको ६५ रन मदतले १ सय ३९ रन जोड्यो। कप्तान राजन शेरचनले पनि ५० रन बनाए। जवाफमा बुटवलले ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो।दोस्रो खेलमा अन्तर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लबले रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्‍यो। रौतहटले दिएको १ सय १९ रनको लक्ष्य इन्टर डिस्ट्रिक्टले १८.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। विजयी टोलीका प्रकाश जैसीले ४५, मन्जिल गुरुङले ३५ तथा सन्दीप यादवले २३ रनको योगदान दिए। टस जितेर ब्याटिङ गरेको रौतहटले ८ विकेट गुमाई १ सय १८ रनको सामान्य योगफल बनाएको थियो।


प्रकाशित : माघ २७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?