२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अनमोललाई ट्रफी

काठमाडौँ — प्रोग्रेसिभ एजुकेसनल फोरम (पीईएफ) द्वारा आयोजित सातौं पीईएफ स्पोर्ट्स मिटमा अनमोलज्योति स्कुल प्रथम भएको छ। सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकसाथ अनमोलले रनिङ सिल्ड जितेको हो। 

दुर्गा भवानी एकेडेमी २३ अंकसाथ दोस्रो भयो। मोक्षदा स्कुल र महान् सिद्धार्थ स्कुल समान १५ अंकसाथ तेस्रो स्थानमा रहे। न्यु सनसाइन (१३) र लभ्ली एन्जल्स स्कुल (१२) ले क्रमश: चौथो र पाँचौं स्थान हात पारे। प्रतियोगितामा सटपुट, लङजम्प, १०० र २०० मिटर दौड, ४०० मिटर रिले, टग अफ वार जस्ता ट्रयाक एन्ड फिल्ड इभेन्टमा ११ स्कुलका ४ सय ५० भन्दा बढी छात्रछात्राको सहभागिता थियो। विजेतालाई पीईएफका अध्यक्ष विष्णुप्रसाद पोखरेल, उपाध्यक्ष बाबुराम केसी, सचिव लम्बोदर घिमिरे, कोअर्डिनेटर नीतेश राईलगायतले पुरस्कृत गरे।


प्रकाशित : माघ २७, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?