१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आर्सनलले भित्र्यायो औबामेयाङ

एएफपी

लन्डन — इंग्लिस क्लब आर्सनलले बुधबार जर्मन क्लब बोरुसिया डर्टमन्डबाट फरवार्ड पिएर एमेरिक औबामेयाङलाई भित्र्याएको छ । गाबोनका २८ वर्षीय फरवार्ड औबामेयाङले सन् २०१३ मा डर्टमन्ड पुगेयता १ सय ४१ गोल गरेका थिए । 

आर्सनलले भित्र्यायो औबामेयाङ

उनको आगमनसँगै आर्सनलको सर्वाधिक ठूलो ट्रान्सफरमा पनि उनकै नाम रहेको छ । आर्सनलले उनलाई अनुबन्धन गर्न साढे ५ करोड पाउण्ड खर्चेपछि यसअघि फ्रान्सेली एलेक्जेन्डर लाकाजेटमा खर्चेको साढे ४ करोड पाउण्ड पछि परेको हो । औबामेयाङको आगमनले फरवार्ड ओलिभिएर जिरुडले भने क्लब छाड्ने सम्भावना बढेको छ ।

क्लबले विज्ञप्ति सार्वजनिक गर्दै उनलाई विश्वकै उत्कृष्टमध्ये एक फरवार्ड रहेको जनाएको छ । ‘पिएर एमेरिक औबामेयाङ लामो समयका लागि सम्झौता गर्दै डर्टमन्डबाट आर्सनल आएका छन् । उनले जर्मनीमा छँदा १ सय ४४ लिग खेलमा ९८ गोल गरेका थिए,’ क्लबले भनेको छ । गाबोनका लागि सर्वाधिक गोलकर्ता रहेका औबामेयाङ राष्ट्रिय टोलीका कप्तान पनि हुन् । उनले सन् २०१५ मा अफ्रिकन फुटबलर अफ द इयरको उपाधि पनि जितेका थिए ।

एमरसन चेल्सीमा

चेल्सीले इटालियन क्लब एएस रोमाबाट २३ वर्षीय डिफेन्डर एमरसन पाल्मेइरीलाई भित्र्याएको छ । ब्राजिली डिफेन्डर एमरसनले साढे चार वर्षका लागि सम्झौता गरेका हुन् । विशेषत: लेफ्ट ब्याकको भूमिका निर्वाह गर्ने उनले ३३ नम्बरको जर्सी लगाउने छन् ।

प्रकाशित : माघ १८, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?