कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुदूरपश्चिमको बदला

१६ औं आहा–रारा गोल्डकप
पोखरा ब्युरो

काठमाडौँ — आयोजक सहारा क्लबलाई उद्घाटन खेलमै निराश पार्दै सुदूरपश्चिम ११ आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । पोखरा रंगशालामा मंगलबार सुदूरले सहारालाई ३–० ले हरायो । 

सुदूरपश्चिमको बदला

गत वर्ष पनि उद्घाटन खेल सहारा र सुदूरपश्चिमबीच भएको थियो । उक्त खेल सहाराले ४–० ले जित्यो । र, टोली अन्तत: फाइनलसम्म पुगेको थियो । १६ औं संस्करणको उद्घाटन खेलमा स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेर मैदान उतारेको सहारामाथि सुदूरपश्चिमले खेल अवधिभर नै दबाब बनाइरह्यो । पहिलो हाफको २५ औं मिनेटमा लामो थ्रु बललाई सहाराका डिफेन्सले क्लियर गर्न नसकेपछि धनबहादुर थापाले सिक्स यार्ड बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो ।


खेलको ७८ औं मिनेटमा सुदूरका मनिराम चौधरीले गोल थपे । इन्ज्युरी टाइममा राकेश हमालले सुदूरका लागि तेस्रो गोल गरेपछि आयोजक टोली पहिलो खेलबाटै बाहिरियो । सहाराका खेलाडीले पटक–पटक पाएका मौका सुदूरका डिफेन्सले विफल पारेको थियो । २१ औं मिनेटमा रिचर्ड पुनको पासमा विनोद गुरुङले डिफेन्सलाई कटाउँदै हानेको प्रहार पोस्ट माथि पुग्यो । दोस्रो हाफमा सरोज योञ्जनको पासमा त्रिदेव गुरुङले गतिलो प्रहारमा गोल गर्न सकेनन् । ५८ औं मिनेटमा त्रिदेवको पासमा प्राप्त अवसर विजय श्रेष्ठ सदुपयोग गर्न चुके । त्रिदेवकै पासमा विजयले ६८ औं मिनेटमा गरेको प्रहार सफल हुन सकेन ।


पुरस्कार राशि वृद्धि गरिँदा यसपल्ट विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । मैदानको स्तरोन्नति गर्न ग्लोबल टेण्डर गरिएपछि रंगशालाका दुई प्यारापिट भत्काइएका छन् । दुवै भत्किएका प्यारापिटमुन्तिर बसेर दर्शकले खेल हेर्ने छन् ।

प्रकाशित : माघ १०, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?