१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोहली भारतलाई सम्हाल्दै

एएफपी

सेन्चुुरियन — भारतीय कप्तान विराट कोहलीको अविजित इनिङ्ससँगै भारतले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा फर्कने प्रयास गरेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा १८३–५ को स्थितिमा रहेको भारत अझै १ सय ५२ रन पछाडि छ । भारतका लागि कोहली ८५ तथा हार्दिक पाण्ड्या ११ रनमा ब्याटिङ गरिरहेका छन् ।

कोहली भारतलाई सम्हाल्दै

टोलीको योगफल २८ रन छँदा ओपनर लोकेश राहुल पहिलो विकेटका रूपमा मोर्ने मोर्केलको बलमा १० रन जोड्दै पेभेलियन फर्किए । लगत्तै अर्को बलमा भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजारालाई गुमाएपछि पाहुना टोली समस्यामा परेको थियो । पहिलो बलमै रन लिने क्रममा पुजारा डेब्यु गरिरहेका लुंगी एनगिडीको सीधा थ्रोमा रनआउट भए । त्यसपछि मुरली विजय र विराट कोहलीले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । विजय ४६ रन जोडदै केशव महाराजको बलमा कट बिहाइन्ड भएपछि विकेट पतन सुरु भएको थियो ।

सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोहित शर्माले पहिलो टेस्टझैं निराशाजनक प्रदर्शन गरे । उनी १० रनमा छँदा कागिसो रबाडाको बलमा एलबीडब्लू धरापमा परे । त्यसपछि सिरिजमा पहिलो खेल खेलिरहेका पार्थिव पटेल १९ रन जोड्दै कट बिहाइन्ड

भए । टेस्टमा डेब्यु गरिरहेका तीव्र गतिका बलर एनगिडीले पटेललाई आफ्नो टेस्ट करियरको पहिलो सिकार बनाए ।

पहिलो टेस्टमा ७२ रनको जित हासिल गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय ३५ रन जोड्यो । अघिल्लो दिन २६९–६ को स्थितिमा रहेको घरेलु टोलीका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रनको योगदान दिए । इशान्त शर्माको बलिङमा क्याच आउट हुँदै नवौं विकेटका रूपमा पेभेलियन फर्कनुअघि उनले १ सय ४२ बलको सामना गरेका थिए ।

सातौं विकेटका लागि कप्तान डु प्लेसिसलाई साथ दिएका महाराजले १८ रन जोडे । उनी मोहम्मद सामीको बलमा कट बिहाइन्ड भएका थिए । त्यसपछि ब्याटिङमा आएका कागिसो रबाडाले दुईपटक जीवनदान पाए पनि ११ रनमात्र जोडे । उनलाई कोहली र हार्दिकले रविचन्द्रन आश्विनको लगातार दुई बलमा ड्रप गरेका थिए ।

तर इशान्तको बलमा लामो शट खेल्ने प्रयासमा उनलाई हार्दिकले डिप स्क्वायरमा उत्कृष्ट क्याच लिँदै आउट गरे । अन्तिम विकेटका रूपमा ६ रन जोडेका मोर्केल मोहम्मद सामीको बलमा कभर क्षेत्रमा क्याच आउट भए । समग्रमा आश्विनले ४, इशान्तले ३ तथा सामीले १ विकेट लिए ।

प्रकाशित : माघ १, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?