१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एल क्लासिकोमा बार्सिलोना विजयी

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडलाई ३–० गोल अन्तरले पछि पार्दै एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ । पहिलो हाफमा फिका देखिएको बार्सिलोनाले दोस्रो हाफमा आफूलाई सुधार्दै ३ गोलको अग्रता लिएको हो ।

एल क्लासिकोमा बार्सिलोना विजयी

बार्सिलोनाको लागि पहिलो गोल लुईस स्वारेजले गरे । सर्जियो रोबेर्टोको सुन्दर पासमा उनले गोल गरेका हुन् ।

मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता बढाएका थिए । ६३ औ मिनेटमा रियलका डानियल कार्भाजलले बार्साको प्रहार हातले रोकेपछि रातो कार्ड पाएका थिए । सोही पेनाल्टी सदुपयोग गर्दै बार्साले खेलमा अग्रता लियो ।

१० खेलाडीमा सीमित रियलले खेलको अन्तिम मिनेटमा तेस्रो गोल सामना गर्नुपर्‍यो । ९१ औं मिनेटमा मैदान प्रवेश गरेका एलेक्स भिडालले मेसीको पासमा गोल गरेका हुन् ।

जितसँगै बार्सिलोना ला लिगाको तालिकामा रियलभन्दा १४ अंकले अगाडि छ ।


प्रकाशित : पुस ८, २०७४ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?