कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालले हङकङसँग खेल्ने मैदानको तयारी यस्तो छ

हेमन्त श्रेष्ठ

हङकङ — हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदान हो यो । यही मैदानमा हङकङ र नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार खेल्दै छन् ।

नेपालले हङकङसँग खेल्ने मैदानको तयारी यस्तो छ

विश्वकप छनोटको आधार रहेको च्याम्पियनसिपको यस खेलका लागि मैदान द्रुत गतिमा तयार पारिएको छ । विकेटमा हरियो घाँस देखिएकाले सिम बलिङका लागि फाइदा हुने देखिन्छ ।

हङकङसँगको खेलका लागि पारस खड्काको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टोली मंगलबार राती हङकङ लाग्दै छ । नेपाली टोली बुधबार बिहानमात्र हङकङ पुग्ने छ ।

च्याम्पियनसिपको अंक तालिकामा हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली २०१९ को विश्वकप छनोटमा पुग्ने छ । नेपालले सातौं तथा अन्तिम चरणमा युएई गएर डिसेम्बरमा युएईसँग खेल्ने छ ।

प्रकाशित : आश्विन २३, २०७४ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?