श्रीलंका ठूलो स्कोरतर्फ

एएफपी

दुबइ — श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो दिन शुक्रबार बलियो सुरुआत लिंदै ठूलो स्कोर खडा गर्ने संकेत दिएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले दिनको खेल समाप्त हुँदा तीन विकेट गुमाएर २ सय ५४ रन बनाएको छ ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान दिमुथ करुनारत्ने १ सय ३३ रन बनाएर नटआउट छन् । उनलाई ४९ रन बनाएर नटआउट रहेका दिनेश चन्डिमलले साथ दिइरहेका छन् ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण अफ्रिकाको बलियो सुरुआत

एएफपी

ब्लोमफोन्टेन — दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन शुक्रबार बलियो सुरुआत लिएको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले तीन विकेटको क्षतिमा ४ सय २८ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका लागि प्रारम्भिक ब्याट्सम्यान दुवैले शतक बनाए । यसमा डी एल्गरले १ सय १३ तथा एके मार्कमले १ सय ४३ रनको योगदान दिए ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्