२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

के बायर्नले लय गुमाएको हो ?

रोरी स्मिथ

लन्डन — यसअघि र यसपछिको घटनाक्रममा खालि झीनो अन्तर मात्र छ । केही समय अगाडिसम्म बायर्न म्युनिखले प्रशिक्षक कार्लोस एन्सेलोटीमा धेरै थोक देखेको थियो । त्यसैले क्लबको जिम्मा दियो ।

 के बायर्नले लय गुमाएको हो ?

अहिले बायर्नले उनलाई बर्खास्त गरेको छ, उनको दोस्रो सिजन सुरु भएको केही सातामै । एन्सेलोटी आफैं परिवर्तनबाट गुज्रेका छैनन् । तर परिस्थिति पक्कै फेरिएको छ । सन् २०१५ को अन्त्यतिर एन्सेलोटी अगाडिका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबलाई भनेका थिए, ‘म बायर्न छाड्दै छु ।’

त्यसैले उनको विकल्प खोज्न बायर्नसँग पर्याप्त समय थियो । क्लबको बोर्ड कार्ल हेन्ज रुमेनिगाको नेतृत्वमा छ र उनले बायर्नमा केही नयाँ गर्न खोजे । बायर्नले युरोपमा त जितिरहेको थिएन, तर घरमा लगातार बुंडेसलिगा भने जितिरहेको थियो । तीनपल्ट लिग जितेपछि बायर्नको निचोड थियो, ग्वार्डिओलाले पक्कै टिमलाई परिवर्तनको बाटोमा लगेका छन् । ग्वार्डिओलाको शैली आधुनिक छ, तर जटिल पनि छ । खेल हेर्नमा मज्जा पनि आउँछ । 

उनको नेतृत्वमा एकातर्फ नयाँ खेलाडीलाई हुर्कने अवसर प्राप्त थियो भने पुराना खेलाडीले पनि उत्तिकै स्थान पाइरहेको थियो । तर ग्वार्डिओला खेलाडीबाट धेरै नै माग्थे, केही पनि छुट उनलाई स्वीकार्य हुँदैनथ्यो । त्यस अगाडि बायर्न आफूलाई क्लब मात्र मान्दैनथ्यो, बरु त्यहाँको समाजको एक भाग्य मान्थ्यो । क्लबले समाजसँग घुलमिल हुने बानी पनि बसालेको थियो । तर ग्वार्डिओलाले त्यो कामलाई अगाडि भने बढाएनन् । 

त्यसैले जतिबेला बायर्नले उनलाई फेर्ने अवसरमा आफ्नो नीतिमा पनि केही फेरबदल गर्ने सोच बनाएको थियो । त्यसका लागि क्लबलाई लागेको थियो, सबैभन्दा उपयुक्त कोही छ भने त्यो एन्सेलोटी नै हुन् । उनको उपलब्धि पनि खास छन्, जस्तो तीन च्याम्पियन्स लिग जित, एसी मिलान र रियल म्याड्रिडका लागि । उनको नाम आफैंमा ठूलो थियो, क्लबका अरू स्टार खेलाडीलाई आफ्नो नियन्त्रणमा राख्न पनि । रुमेनिगा भन्थे, एन्सेलोटी सन्तुलित विशेषज्ञ हुन् । 

तर एन्सेलोटी त्यस्तो पनि थिएनन्, जुन बायर्नले साँच्चै चाहेको थियो । उनलाई बर्खास्त गर्ने क्रममा बायर्नले आफ्नो इतिहास पनि बिर्सेको थियो, किनभने यो क्लब आफ्ना व्यवस्थापकलाई त्यति चाँडै अविश्वास गर्न खालको पनि थिएन । लिग यात्रामा बायर्नले एन्सेलोटीको नेतृत्वमा यसपल्ट खालि एक खेल मात्र गुमाएको थियो । त्यसयता एक बराबरी । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको हातबाट ३–० ले हार्नुलाई आकाश नै खसे जस्तो गरी बयान गर्न पनि आवश्यक थिएन । 

पीएसजी कसरी अहिलेको स्थितिमा आएको छ, त्यो सबैलाई थाहा छ । बायर्न आपैंm पीएसजीले रोजेको बाटो तय गर्ने खालको क्लब होइन । बर्खास्तीमा परेयता एन्सेलोटीको प्रशिक्षक जीवन आपैंmमा पनि समाप्त भएको छैन । खालि बायर्नले खुसी हुन नसक्ने स्थितिमा उनलाई बर्खास्त गरेको छ । सायद बायर्न जस्तो युरोपको ‘एलिट’ क्लबमा पनि संयम र सन्तुलन भने अब रहेन । सायद बायर्न क्लब आफैंले आफ्नो वास्तविक लय गुमाएको छ । 
–न्युयोर्क टाइम्स 

प्रकाशित : आश्विन १८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?