‘राम्रो नतिजाको प्रयास’

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले नयाँ प्रयोग पहिलो खेलमै सफल हुने दाबी गरेका छैनन् । ‘ताजकिस्तान निकै राम्रो टिम हो । म हाम्रो नयाँ प्रयोगले राम्रो नतिजा ल्याउँछ भनेर दावा गर्न सक्दिनँ ।

‘राम्रो नतिजाको प्रयास’

हामी सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास भने गर्नेछौं,’ उनले भने, ‘रोहित चन्द र किरण चेम्जोङको आगमनपछि हामी तयारीको अन्तिम चरणमा छौं । टोलीमा चोटको ठूलो समस्या छैन र अन्तिम नामावली केही दिनमै बाहिर ल्याउनेछौं ।’

एसियन कपमा छनोट हुन सम्भावना निकै कम भए पनि कोजी नेपाली फुटबलको हकमा भने सकारात्मक देखिए । ‘हामी अर्को चरणमा पुग्न निकै कठिन अवस्थामै छौं । नतिजा जे जस्तो भए पनि तयारीलाई कमजोर हुन दिएका छैनौं । नेपाली फुटबलको विकास हाम्रो मूल लक्ष्य भएकाले नतिजासँगै खेल विकासलाई पनि प्राथमिकतामा राखेका छौं,’ कोजीले भने । नेपालले ताजकिस्तानविरुद्ध खेलेको एक महिनापछि घरेलु मैदानमा फिलिपिन्सको सामना गर्दैछ । छनोटको अन्तिम चरणमा यमनविरुद्धको खेल भने चैतमा कतारमा हुनेछ । छनोटको आधा बाटो तय गर्दासम्म नेपाली टोलीले जित दर्ता गर्न सकेको छैन । 

यद्यपि छनोटमा रहेका नेपालभन्दा माथिल्लोस्तरका टोलीसँग भने प्रदर्शन सन्तोषजनक मान्न सकिन्छ । यस्तो अवस्थामा फेरिएको संरचनाले टोलीको प्रदर्शनमा सुधार ल्याउनेमा प्रशिक्षक विश्वस्त छन् ।

प्रकाशित : आश्विन १८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?