१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

युभेन्ट्स रोकिँदा नेपोली शीर्षस्थानमा उक्लियो

रोयटर्स

मिलान — नेपोलीले शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै इटालियन सिरी एको शीर्षस्थानमा आफ्नो अग्रता बढाएको छ । आइतबार घरेलु मैदानमा काग्लीयारीलाई ३-० ले पराजित गर्दै नेपोलीले शीर्षस्थानमा २ अंकको अग्रता बनायो । नेपोलीको जितमा मारेक ह्यामसिक, ड्रिज मर्टेन्स र कालीदू कुलीबालीले गोल गरे ।

युभेन्ट्स रोकिँदा नेपोली शीर्षस्थानमा उक्लियो

युभेन्ट्स अटलान्टाको घरेलु मैदानमा २-२ को बराबरी रोकिएपछि शत प्रतिशत जितको सिलसिला रोकियो । गोन्जालो हिगुआइन र फेडेरिको बर्नार्डेस्कीको गोलमा २४ मिनेटमा २-० ले अगाडी रहेको युभेन्ट्सले दुवै हाफमा १/१ गोल खायो । घरेलु टोलीका लागि माटिया कालडारा र ब्राएन क्रिस्टन्टेले गोल गरे । नेपोलीको ७ खेलमा २१ अंक छ भने दोस्रो स्थानको युभेन्ट्सले १९ अंक जोडेको छ ।

एएस रोमाले एसी मिलानलाई २-० ले हरायो । रोमको जितमा दुवै गोल दोस्रो हाफमा भएको थियो । ७२ औं मिनेटमा एडीन जेकोले रोमालाई अग्रता दिलाए । पाँच मिनेटपछि एलेसान्ड्रो फ्लोरेन्जीले गोल गर्दै जित पक्का गरे ।

लाजियोले सासुओलोलाई ६-१ ले पराजित गर्दा इन्टर मिलानले बेनेभेटोलाई २-१ ले हरायो ।

प्रकाशित : आश्विन १६, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?