२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरमा आर्सनलको लगातार जित

एएफपी

लन्डन — एलेक्जान्डर लाकाजेटले कीर्तिमान कायम गरेका गेराथ बेरीको उपलब्धीलाई ओझेलमा पार्ने खेल प्रदर्शन गरेपछि आर्सनलले सोमबार राति इंग्लिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई २–० ले हरायो । अल्बानियन मिडफिल्डमर बेरीले प्रिमियर लिगमा सर्वाधिक खेल खेलेको रायन गिग्सको नाममा रहेको कीर्तिमान उछिनेर कीर्तिमान ६ सय ३३ औं खेल खेले । तर इमिरेट्समा भएको खेलमा नायम रहे, लाकाजेट र उनी सबैका आकर्षण रहे ।

घरमा आर्सनलको लगातार जित

फ्रान्सेली खेलाडीले पहिलो हाफमा हेडबाट गोलको खाता खोले । दोस्रो हाफमा उनले पेनाल्टीबाट अर्को गोल थपे । उनी यसै सिजन मात्र लियोनबाट क्लब कीर्तिमान नौ करोड ४७ लाख डलरमा आर्सनल आएका हुन् ।

यसक्रममा उनी सन् १९८८ यता लिगको घरमा भएका सुरुआती तीन खेलमा लगातार गोल गर्ने खेलाडी पनि बनेका छन् । यस जितपछि आर्सनल सातौं स्थानमा उक्लेको छ र पछिल्ला पाँच खेलमा अपराजित छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?