कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

युभेन्ट्स र नेपोलीको अपराजित यात्रा कायमै

रोयटर्स

मिलान — इटालियन सिरी ए अन्तर्गत शत प्रतिशत जितको नतिजा लिएका युभेन्ट्स र नेपोलीले शनिबार पनि जित दर्ता गरेका छन् ।

युभेन्ट्स र नेपोलीको अपराजित यात्रा कायमै

पाउलो डिबालाले दुई गोल गरेपछि युभेन्ट्सले टोरीनोलाई ४-० ले हरायो । पहिलो हाफमै १० खेलाडीमा सिमित टोरीनोले त्यसअघि युभेन्ट्सलाई केहि असहज बनाएको थियो । तर खेलाडी कम भएपछि उसले धेरै समय रोक्न सकेन । डिबालाले सुरुआती अग्रता दिलाउँदा गल्ति गरेको टोरीनोका लागि महँगो सावित भयो । युभेन्ट्सको जितमा डिबालाको दुई गोलसँगै मिरालेम प्यानिच र एलेक्स स्यान्ड्रोले गोल गरे ।

नेपोलीले निकै प्रतिस्पर्धात्मक खेलमा एसपीएएललाई ३-२ ले पराजित गर्‍यो । गोल अन्तरका आधारमा शीर्षस्थानमा उक्लिएको नेपोलीका लागि लोरेन्जो इन्सिन्याले १४ औं मिनेटमा बराबरी गोल गरे । त्यसको १ मिनेट अगाडी पास्कल सित्तारेलाले एसपीएएललाई अग्रता दिलाएका थिए । जोसे क्यालेहनले ७१ औं मिनेटमा दिलाएको अग्रता सात मिनेटपछि फेडेरिको भिभिआनीले फ्रिकिकमार्फत बराबरी गरे । ८३ औं मिनेटमाफाओजी घुलामले गोल गर्दै नेपोलीको जित पक्का गरे । 

यसैगरी स्टेफेन एल सरावीले २ गोल गरेपछि एएस रोमाले उडीनेजेलाई ३-१ ले हरायो । एडों जेकोले एक गोल थपेका थिए बने जेन्स स्ट्राइगर लार्सनले उडीनेजेको लागि सान्त्वना गोल गरे ।

प्रकाशित : आश्विन ८, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?