रत्नजितको विजयी सुरुआत

कान्तिपुर संवाददाता

काठमाडौं — ठूलो नगद पुरस्कार राशिको दोस्रो जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टनमा शीर्ष खेलाडी रत्नजित तामाङले विजयी सुरुआत गरेका छन् ।


मेन्स सिंगलमा बुधबार आर्मीका रत्नजितसँगै एपीएफका साजनकृष्ण ताम्राकार, सुमन लिम्बू, विजित थापा र सुदीप सेढाईं, पुलिसका गौतम कठायत र विष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनील जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य र नीरविक्रम देवकोटा, सेनाका नवीन श्रेष्ठ र प्रफुल्ल महर्जन, कैलालीकासन्जिव खड्काले दोस्रो चरणको यात्रा गरेका छन् ।
आठ इभेन्टमा हुने प्रतियोगिताको कुल पुरस्कार राशित ३ लाख २८ हजार रहेको छ ।

प्रकाशित : भाद्र २२, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

गल्फर शुक्र शीर्षस्थानमा

कान्तिपुर संवाददाता

काठमाडौं — शुक्रबहादुर राई इभन पार ६८ स्कोर गर्दै रोयल नेपाल गल्फ क्लबमा बुधबार सुरु सूर्य नेपाल गल्फ टुरको छनोटको शीर्षस्थानमा रहेका छन् ।

टंकबहादुर कार्की चार स्ट्रोक अन्तरमा दोस्रोमा छन् । ५४ होलको प्रतियोगितामा कमल तामाङ ६ ओभर ६४ सहित तेस्रोमा छन् । २२ खेलाडी सहभागी छनोटमा एकमात्र महिला गल्फर प्रतिमा शेर्पाले ११ ओभर ७९ को कार्ड बनाइन् ।

 

प्रकाशित : भाद्र २२, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्