कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सडक बालबालिकाको फुटबल विश्वकपमा नेपाल सहभागी हुने

नविन पोखरेल

लन्डन — सडक बालबालिकाबीच सन् २०१८ मा रुसको राजधानी मस्कोमा हुने तेश्रो ‘स्ट्रिट चाइल्ड वल्र्डकप’मा नेपालका बालबालिका पहिलोपटक सहभागी हुने भएका छन् । झण्डै ५ वर्षको प्रयासपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको हो । नेपालसहित २४ राष्ट्रका टिमले भाग लिने उक्त प्रतियोगितामा विश्वभरका करिब दुईसयभन्दा बढी सडकबालबालिका एकै ठाउँमा उपस्थित हुने बिहीबार आयोजकले जनाएका हुन् ।

सडक बालबालिकाको फुटबल विश्वकपमा नेपाल सहभागी हुने

सडक बालबालिकाबीच सन् २०१८ मा रुसको राजधानी मस्कोमा हुने तेश्रो ‘स्ट्रिट चाइल्ड वल्र्डकप’मा नेपालका बालबालिका पहिलोपटक सहभागी हुने भएका छन् ।

झण्डै ५ वर्षको प्रयासपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको हो । नेपालसहित २४ राष्ट्रका टिमले भाग लिने उक्त प्रतियोगितामा विश्वभरका करिब दुईसयभन्दा बढी सडकबालबालिका एकै ठाउँमा उपस्थित हुने बिहीबार आयोजकले जनाएका हुन् । स्ट्रिट चाइल्ड युनाइटेडले रसियन फुटबल फेडेरेसनसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।

सडक बालबालिकाको रेखदेख र पालनपोषण गर्दै आएको काठमाडौंस्थित सेल्टर नामक संस्थाको पहलमा नेपालले प्रतिनिधित्व गर्न पाएको सेल्टरकी अध्यक्ष खुश्बु ओलीले मस्कोबाट जनाइन् । उनले प्रतियोगिताका लागि देशभरबाट बालबालिका छनोट गरिने जनाउँदै यसमा आर्थिक, सामाजिक तथा मानसिक सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन् ।

विश्वकप प्रतियोगिताको पहलप्रति पोप फ्रान्सिस्, बेलायती राजकुमार विलियम तथा आर्चबीसप डेसमण्ड टुटको पनि समर्थन छ । यस अलवा लियोनेल मेसी, पेले, डेभिड बेकह्याम, पूर्व म्यानचेस्टर युनाइटेड म्यानेजर सर एलेक्स फरगुसनले पनि साथ दिएका छन् ।

समाजबाट उपेक्षित सडक बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरुप्रति समाजमा रहेको नकारात्मक मानसिकता हटाउन प्रतियोगिता उपयुक्त माध्ययम हुने बताइएको छ ।

प्रकाशित : असार १०, २०७४ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?