२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पञ्जावलाई गुजरातको धक्का

काठमाडौं — गुजरात लायन्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) को मोहालीमा भएको खेलमा किङ्स इलेभन पञ्जावलाई छ विकेटले हरायो । हारले पञ्जावको प्ले अफमा छनोट हुने सम्भावनामा ठूलो धक्का लागेको छ ।

पञ्जावलाई गुजरातको धक्का



पहिले ब्याटिङ गरेको पञ्जावले हसिम अमलाको शतकको मदतले २० ओभरमा तीन विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अमलाले ६० बलमा १ सय ४ रन बनाए ।

जवाफमा गुजरात दुई खेलको खेल बाँकी छँदै चार विकेट गुमाएर १ सय ९२ रन बनाउन सफल रह्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान ड्वायन स्मिथले सर्वाधिक ७४ रन बनाए । 

प्रकाशित : वैशाख २५, २०७४ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?