२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

टोटनहमलाई हारको चोट

एजेन्सी

काठमाडौं — इङलिस प्रिमियर लिगको उपाधि होडमा रहेको टोटनहम शुक्रबार राति वेस्ट ह्यामको हातबाट १–० ले पराजित रह्यो । लन्डन डर्बीमा बेहोरेको यो हारले उसको उपाधि सपनामा चोट पुगेको छ ।

टोटनहमलाई हारको चोट

वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा उसका लागि म्यानुएल लान्जीनीले ६५ औं मिनेटमा निर्णायक गोल गरे । यो नतिजाले लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको उपाधि सम्भावना अझ बलियो बनेको छ ।

अब चेल्सीले आफूले खेल्नु पर्ने लिगका अन्तिम चार खेलमध्ये दुईमा विजयी रहे, लिग उपाधि उसको हुनेछ । लिग तालिकामा चेल्सीको ३४ खेलबाट ८१ अंक छ । एक खेल बढी खेलेको टोटनहमको ७७ अंक छ र यो चार अंकको दूरी हो । 

प्रकाशित : वैशाख २३, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?